हजुरहरु सम्पुर्णमा नमस्कार!
यो COVID-19 को बिश्वब्यापी महामारीबाट बच्न-बचाउन NHS ले आफ्नो स्वास्थ्यलाई भन्दा पनि हाम्रा स्वास्थ्यलाई बढि ख्याल गर्दै हामीलाई सामार्थ्यले भ्याए सम्मको सहयोग गरेकोमा कुनै दुई मत छैन।
हामी नेपाली समाज पनि यो स्थानिय समाजको एउटा अभिन्न अंग भएको र हामीले अरु केहि गर्न नसके पनि हाम्रो आन्तरिक हृदय बाटै NHS ले गरेको काम प्रति हाम्रो सम्मान, समर्थन र एकता स्वरुप हामी सबै मिलिजुली उहाँहरुको हौसला बढाउन आफुले सकेको केहि दान गरौ भन्ने हाम्रो सबैको ईच्छा भएको र हजुरहरुले पनि सोहि अनुसार बढो उत्साहको साथ यस्तो शुभकार्यमा साथ पाएको कारणले हाम्रो नेपाली समाजले East Kent Hospitals University NHS Foundation Trust लाई Monday, 22nd of June 2020 को दिन £6129.06 (नेपाली रु ९,२१,०७५.१४) हस्तान्तरण गर्न सफल भएका थियौ।
यो आर्थिक संकलनको लागि COVID-19 उप-समिति गठन गरिएको थियो र मलाई संयोजकको भूमिका निर्बाह गर्ने सुअबसर प्रदान गर्नु भएकोमा अध्यक्ष तथा कार्यसमिति लगायत निम्न बमजिमका मेरा सहयोगी हरुमा हार्दिक आभार प्रकट गर्दछु:
- Secretary: Ram Prasad Limbu
- Treasurer: Mohan Limbu
- Member: Popiraj Rai (NHS Liaison)
- Member: Basundhara Nayong Rai (Ladies Committee)
- Member: Jeeb Panday (Business)
- Member: Shikhar Limbu (Youth Committee)
यस्तो अप्ठ्यारो परीस्थितीमा पनि हाम्रो यो ऎतिहासिक महान कार्यमा यहाँहरुको अमुल्य सहयोगको लागि कार्यक्रमको संयोजकको हैसियतले हजुरहरु संपूर्णमा हार्दिक आभार !
धन्यबाद !
डम्मर सिङगक
प्रथम उपा-अध्यक्ष (सङ्योजक)
तथा सहयोग संकलन उपसमिति