PPWC

SGNCAK-PPWC (Sagarmatha Gurkha/Nepalese Community Ashford, Kent – Property Purchasing Working Committee)

 SGNCAK’s DREAM PROJECT

हाम्रो अपील !

आदरणीय आमा, बाबा, दिदीबहिनी तथा दाजुभाइ !

यहाँहरु सम्पुर्णमा हार्दिक नमस्कार !

संयुक्त अधिराज्य बेलायत राजनीतिक-प्रशासनिक आधारमा चारवटा देशहरु, इङ्ल्याण्ड, स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्ड मिलेर बनेको छ। हामी यीनै देशहरु मध्य इङ्ल्याण्डको केन्ट काउन्टी अन्तर्गत, आश्फोर्ड शाहरमा बसोबास गर्दछौ। यो शहरको स्थानीय प्रशासनिक एकाई भने आश्फोर्ड बरो काउन्सिल हो।

सन १८१५ मा बेलायती सेनामा गोर्खा भर्ती सुरु भए पश्चात, बिश्वमा साहसी अनि वफादार सिपाहीको परिचय बनाएका गोर्खा सैनिकहरुको भर्ती आज पर्यन्त निरन्तर जारी छ। गोर्खा सैनिकहरु उपर बेलायती सरकारले गरेको बर्षौको बिभेद, असमानता र मानब अधिकार हनन् बिरुद्द स्वयं गोर्खा सैनिकहरुको समानान्तर रुपमा चलाएको आन्दोलनपछि बेलायती सरकार सन् २००४ मा गोर्खाहरुलाई उनिहरुको सम्मानको खातिर बेलायतमा बसोबासको अधिकार दिन सहमत भयो।  यही सरकारी निर्णयनै गोर्खा सैनिक, तिनका परिवार र सन्तानहरुको लागि बेलायत बसोबास गर्न पाउने पहिलो बैधानिक आधार सावित भयो।

सन् २००८  देखि, सन् १९९७ अघि अबकास प्राप्त गोर्खा सैनिकहरु, तिनका परिवार र आश्रित सन्तानहरु पनि यहाँ आउन पाउने र आउने क्रम सुरु भयो। अहिले तीस बर्ष मुनिका सन्तानहरु समेत लिएर पुर्ब गोर्खाहरु यहाँ आउने क्रम जारी छ। त्यसै गरी हंङकङ्गबाट बेलायत आउने, विद्यार्थी भिषामा यहाँ आएर पछि यही बसाईको अधिकार प्राप्त गरेका नेपालीहरु पनि यहाँको नवागन्तुकमै पर्दछन। आश्फोर्डमा नवागन्तुक नेपालीहरुमा जनसंख्याको उल्लेखनीय हिस्सा अवकास प्राप्त गोर्खा सैनिक, कार्यरथ गोर्खा सैनिक, तिनका परिवार र उनिहरुका आश्रित सन्ततीहरुकै छ।

अवकास प्राप्त गरिसके पछि आश्फोर्डमै बसोबास गर्न चाहाने गोर्खा सैनिकहरुको संख्या पनि बढ्दो छ। यसरी आश्फोर्ड (बेलायत) सबै क्षेत्र, वर्ग, पेशा लगायत विभिन्न सम्बन्धहरुबाट यहाँ आएर बसोबास गर्ने विविध जात-जाति, भाषा, धर्म, संस्कार र संस्कृति अवलम्बन गर्ने हामी सम्पुर्ण नवागन्तुक प्रबासी नेपालीहरुको संगमस्थल बनेको छ।

नेपाली मुलका बेलायती गोर्खा सैनिक र तिनका परिवारले बेलायतमा बसोबासको अधिकार पाए सँगसगै सामुहिक भेला हुने, संगठीत हुने प्रयासहरुको थालनी भयो । यसै सिलसिलामा सन् २००४ मा केही अवकास प्राप्त र केहि कार्यरथ गोर्खा सैनिकहरुको अगुवाई र पहलमा “सगरमाथा गोर्खा/नेपाली समाज आश्फोर्ड केन्ट” को स्थापना भयो ।  आफै सित लिएर आएको मूर्त अमुर्त संस्कृतिहरु बचाउदै संरक्षण गर्दै भाबि पिडिमा हस्तान्तरण गर्दै लानु पर्ने चुनौती महसुस गर्दै, तत्कालीन  सगरमाथा गोर्खा नेपाली समाज आश्फोर्ड केन्टका अध्यक्ष श्री नरेन्द्र कुमार लिम्बु ज्युले संस्थाको सन् २०११ मार्चको बार्षिक साधारण सभामा पहिलो पटक संस्थाको आफ्नै कम्युनिटी हल अर्थात नेपालीघरको आवश्यकता रहेको र खरिद-निर्माण गर्नु पर्ने कार्यसुची पेश गर्दा उत्साहजनक समर्थन सहित कार्यसमितिको बहुमतले पारित गर्दै कार्यान्वयनको प्रक्रिया अघि बढाइएको थियो । विविध कारणले त्यसको कार्यान्वयनमा ढिलाई भए पनि हाल आएर नेपालीघरको आवश्यकता झन टडकारो बन्दै गइरहेको छ।

यहाँको विद्यमान पुर्वाधार हामीमैत्री छैनन् अर्थात हामी जस्तो पृथक भाषा, संस्कार र साँस्कृतिक पृष्ठभुमिबाट आएकाहरुको लागि उपयुक्त छैनन्।  भाडामा उपलब्ध हुने गरेकाहलहरु पनि विभिन्न कारणहरु देखाई हामी नेपाली जनको लागि धमाधम रोक तथा बन्देज लगाईदैछन। त्यस्तै हमीले चर्को भाडामा लिइ प्रयोग गर्दै आएका हलहरुको संचालकहरुले राख्ने कडा सर्तहरु, अनिवार्य पालना गर्नु तिनिहरुका नियमहरु र उनिहरुले बेला बखत प्रयोग गर्ने चेतावनीका भाषाहरुले पनि हामीलाई बिझाउदै आइराखेकै छन। साथै आश्फोर्डमा उपलब्ध जति हलहरु छन् त्यसले भविष्यमा हाम्रो बढ्दो जनसंख्यालाई धान्न पनि सक्दैनन् अर्थात अपर्याप्त छन।  सगरमाथा गोर्खा नेपाली समाज आश्फोर्ड केन्ट कै संख्या ६२५ लाई आधार मान्ने हो भने आश्फोर्डमा स्थायी बसोबास गर्ने नेपालीहरुको घर संख्या १००० भन्दा बढी पुगिसकेको अनुमान लाउन सकिन्छ।

जन्म संस्कार, पास्नी, ब्रतबन्ध, बिबाह अनि मृत्यु संस्कार गर्न, हामी नेपालीहरुको पहिचान झल्काउने साँस्कृतिक उत्सवहरु आयोजना गर्न, असल परम्परा रितीरीवाजको जगेर्ना गर्न, विभिन्न उमेर समुहका ब्यक्तिहरुको भेला, जमघट अनि सुख-दु:खका कुराहरु एकापसमा साटासाट गर्ने साझा थलोको रुपमा विकास गर्न लगायत अन्य थुप्रै शैक्षिक गतिबिधिहरु सञ्चालन गर्न हाम्रो आफ्नै घरको आवश्यकता छ। तसर्थ नेपालीघर खरिद-निमार्णको बिषय सन् २०११ देखि यता आश्फोर्डबासी समग्र प्रवासी नेपालीहरुको लागि सरोकारको बिषय बनेको छ । अहिले आएर सगरमाथा गोर्खा नेपाली समाज आश्फोर्ड केन्टका नयाँ कार्यसमिति र त्यसको नेतृत्व गरिरहेका अध्यक्ष श्री चक्र बहादुर राई आफुले नेतृत्व दिइरहेको संस्थाको लामो समय थाती रहेको पुरानो कार्यसुची (एजेण्डा) लाई ब्यूताउदै कार्यन्वयन गर्ने अठोटका साथ लागि परिरहेका छन।

मूलत: नेपालीघर कुनै भौतिक संरचना मात्र नभएर आश्फोर्डबासी सम्पुर्ण नेपालीहरुको भावनात्मक एकताको प्रतीक पनि हुनेछ। तसर्थ हामी यस ऎतिहासिक काममा अन्तरहृदय देखि नै आर्थिक, भौतिक र नैतिक सहयोग समर्थन गरिदिन हुन नेपाली मुलका समपुर्ण आश्फोर्डबासीमा हार्दिक अपील गर्दछौ।

यस अभियानमा तल देहाय बमोजिम रकम दिइ साथ दिनु हुने सहयोगी महानुभाबहरुलाई सोही अनुसार उहाँहरुको नाम भित्तामा राखि सम्मान गरिने छ:

क. £५००.००:      Bronze certificate

ख £१०००.००:   Silver certificate

ग £१५००.००:   Gold certificate

घ £२०००.००:   Platinum certificate

ङ £२५००.००+:  Diamond Star plus couple’s photo on wall

– सगरमाथा गोर्खा/नेपाली समाज आश्फोर्ड, केन्ट तथा नेपालीघर खरिद तथा निर्माण उपसमिती

 

Other links relating to the Dream Project:

PPWC Committee

PPWC Brochure

PPWC Prospective 

PPWC Project: आश्फोर्ड नेपाली घर/जग्गा खरिद तथा निर्माण परियोजना तथा प्रारम्भिक कोष संकलन नियम २०१८  

SGNCAK – Gift Aid Declaration