Nepalese New Year 2078

0
446

शुभकामना नयाँ बर्ष २०७८ को !

आदर्णिय आश्फोर्डबासी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा युबाहरुमा नमस्कार !

हामी नेपालीहरुको यस नयाँ बर्षले सबैमा उन्नति, प्रगति र सर्बाङगिन बिकाशको ढोका खुल्नेमा बिश्वस्त छौ । हामी नेपाल देखि यहाँ बसोबास गर्न आएकाछौ । हामी जहाँ जुन देशमा बसोबास गरीरहेका भएता पनि हामी हाम्रो पन, हाम्रो चिनारी, हाम्रो रितिथित, हाम्रो संस्कार  र हाम्रो चलन हामी संगै लिएर आएका हुन्छौ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक,  बहुआयामिक बनौट हाम्रो एकताको प्रतिक मानिन्छ । यहाँ पनि हामी यसै संरचना अन्तर्गत बसोबास गरेकाछौ । यो देशको नियम, कानून र रहनसहन अगांलेर यहाँको परीबेशमा जिउनु बान्छनीय देखिन्छ । हामीले जन्म भूमी र कर्म भूमी दुइटैको भिन्न भिन्न नयाँ बर्ष मान्ने गरेकाछौ । यो देशमा नेपालीको पहिचान कायम गर्नु पर्ने पनि बाध्यताछ, जुन पहिचान नेपाली नयाँ बर्ष, मुख्य चाँड तथा रहन सहन र लवाइ खुवाइ मुख्य चिनारी मानिन्छ ।

गत २०७७ साल हाम्रो लागि एउटा कठिन बर्ष हुन गयो । हामीले धेरै सदस्यहरु गुमाउन पुगेका छौ । जे जस्तो परिस्थिति आइ लागे पनि संघर्ष गर्दै जिउनु पर्ने हामी मनुष्यको रित हो । हाम्रा दिबंगत सदस्यहरुको आत्माले स्वर्गमा बास होस भन्ने कामना गर्दै हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु ।

गत बर्ष कोरोना महामारीले गर्दा हामीले बर्ष गाँठ मनाउन पाएनौ, यो बर्ष पनि कुनै हल या सामुहिक भेतघाट गरी संगोलमा रमाइलो संग नयाँ बर्ष मनाउन पाइदैन । भर्चुल जुम द्वारा भिडियोमा रमाइलो गर्दै आ-आफ्नै घर आँगनमा रहेर यो बर्षको नयाँ बर्ष मनाउने भन्ने रहेकोछ । हाम्रा आश्फोर्डबासी सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबाबा तथा युबा भाइ बहिनी लगायत छोराछोरी र भाञ्जा भाञ्जीहरुमा आगामी १७ तारीख अप्रेल शनिवारको दिन  बेलुकी ७ बजे हाम्रा साँस्कृतिक टीमहरुबाट रमाइलो कार्यक्रम हुन गइरहेको जानकारी गराउन चाहन्छौ ।

अन्त्यमा यो कोरोनाको महामारीमा सबै बचौ र अर्को बर्ष २०७९ कुनै हलमा भव्य र उल्लासमय तरीकाले मनाउन पाउ भन्ने कामना गर्दै यो २०७८ सालको नेपाली नयाँ बर्षको उपलक्षमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

जय आश्फोर्ड गोर्खा नेपाली समाज !

धन्यवाद !

भवदिय,

कप्रसाद छन्त्याल | अध्यक्ष | SGNCAK